साफ यु–२० च्याम्पियनसिप : नेपाल र श्रीलङ्का भिड्दै


 


काठमाडौँ । साफ यु–२० च्याम्पियनसिपमा आज नेपाल र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

नेपालले सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पाहुना टोली श्रीलङ्कासँग खेल्दै च्याम्पियनसिपको शुरुवात गर्दैछ ।

नेपालले यु–२० पुरुष टोली घरेलु मैदानमा हुने साफ यु–२० च्याम्पियनसिपको उपाधि घरमा राख्ने लक्ष्य लिँदै तयारी गरेको छ ।

घरेलु मैदानमा हुने च्याम्पियनसिपका लागि नेपाली टोलीले गत असारको अन्तिम सातादेखि तयारी गरेको हो । उर्जन श्रेष्ठको प्रशिक्षणमा रहेको नेपाली टोलीले सातदोबाटो टर्फ र प्राकृतिक घाँसे मैदानमा तयारी गरेको छ ।

तयारीका क्रममा नेपालले ‘ए’ डिभिजन टोली चर्च ब्वाइज र त्रिभुवन आर्मीसँग मैत्रीपूर्णको तयारी पनि गर्ने अवसर पाएको थियो । त्यसैले नेपाली टोली घरेलु मैदानमा दाबेदारका रूपमा प्रस्तुत हुनेछ ।

समूह ‘ए’ मा आयोजक नेपालसहित बङ्गलादेश र श्रीलङ्का छन् । अर्को समूहमा साबिक विजेता भारत, मालदिभ्स र भुटान छन् ।

यस च्याम्पियनसिपमा आयोजक नेपालसहित भारत, बङ्गलादेश, श्रीलङ्का, भुटान र मालदिभ्सले प्रतिस्पर्धा गर्दै छन् ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्