रुसमा शक्तिशाली भूकम्पपछि ज्वालामुखी विष्फोट


 


काठमाडौं, भदौ २ । रुसको कामचट्का प्रान्तमा शक्तिशाली भूकम्प गएपछि ज्वालामुखी विष्फोट भएको छ ।

अधिकारीहरुका अनुसार आइतबार बिहान करिब ७ बजेतिर कामचटका प्रान्तको पेट्रोपावलोव्स्क–कामचत्स्की शहरबाट करिब ९० किलोमिटर पूर्व समुद्री तटमा ७ म्याग्निच्युडको भूकम्प गएको थियो ।

भूकम्पपछि शिवलुच क्षेत्रमा ज्वालामुखी विष्फोट भएको रुसको सरकारी सन्चार माध्यम तासले जनाएको छ । त्यसबाट निस्किएको खरानी समुद्री सतहबाट करिब आठ किलोमिटर माथिसम्म फैलिएको छ ।

त्यहाँबाट लावा पनि बाहिरिएको छ । तटीय क्षेत्रमा सुनामीको चेतावनी पनि जारी गरिएको छ ।

सीएनएनका अनुसार शिवलुच ज्वालामुखी भूकम्पको केन्द्र पेट्रोपावलोव्स्क–कामचत्स्कीबाट करिब २८० माइल टाढा छ । पेट्रोपावलोव्स्क–कामचत्स्की तटीय शहर हो ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्