परराष्ट्रमन्त्री राणा आज भारत भ्रमणमा जाँदै


 


काठमाडौँ । पराष्ट्रमन्त्री डा. आरजु राणा देउवा आज छिमेकी मित्र राष्ट्र भारतको औपचारिक भ्रमणमा जाने भएकी छिन् ।

भारतीय समकक्षी डा एस जयशङ्करको मैत्रीपूर्ण निमन्त्रणामा मन्त्री राणा चार दिने भारत भ्रमणमा निस्कन लागेको मन्त्रालले जनाएको छ ।

भ्रमणका क्रममा मन्त्री राणाले आफ्ना समकक्षीसँग दुई देशबीचको आपसी हित, पारस्परिक सम्बन्ध अझ सबल तुल्याउने एवं नेपाल–भारतबीचको सहकार्य प्रबर्द्धननबारे छलफल गर्ने जनाइएको छ ।

दुई देशबीचमा नियमित रूपमा हुँदै आएको उच्चस्तरीय भ्रमणले सदियौँ पुरानो द्विपक्षीय सम्बन्धलाई बहुआयामिक क्षेत्रमा सुदृढ एवं प्रगाढ तुल्याउने अपेक्षा गरिएको छ । परराष्ट्र मन्त्री राणा भदौ ६ गते स्वदेश फर्कने तालिका छ ।

प्रकाशित मिति: २ भाद्र २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्