प्रभु बैंकका ग्राहकलाई समाज डेन्टलमा छुट
काठमाडौँ । प्रभु बैंक लिमिटेडका ग्राहक तथा कर्मचारीहरूले काठमाडौँको बानेश्वरस्थित समाज डेन्टल हस्पिटल प्रालिको सेवामा विशेष छुट पाउने भएका छन् ।
हस्पिटल र बैंकबिच दन्त स्वास्थ्यमा सहुलियत प्रदान गर्ने सम्झौता भएको हो ।
प्रभु बैंकका कर्मचारी र कर्मचारीका परिवारजन तथा ग्राहकहरूले हस्पिटलका सम्पूर्ण शाखाहरूमा क्रमशः १५ प्रतिशत र १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त सम्झौता हस्पिटलका निर्देशक श्रेया पाँडे र बैंकका बागमती प्रदेश प्रमुख सुदेशकुमार देवकोटाले हस्ताक्षर गरेका छन् ।
प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार