तीन जिल्लाका सिडिओसहित गृहका सहसचिवहरुको सरुवा


 


काठमाडौं । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सिडिओसहित गृहका सहसचिवहरुको सरुवा गरेको छ ।

सरुवामा तीन जिल्लाका सिडिओ हटाइएका छन् ।

सिन्धुपाल्चोकका सिडिओ भूपेन्द्र थापालाई बागमती प्रदेशको मुख्यमन्त्री कार्यालय अर्घाखाँचीका सिडिओ सूर्यबहादुर खत्रीको श्रम मन्त्रालयमा सरुवा भएको छ ।

त्यस्तै, सिन्धुलीका सिडिओ भरत खनाललाई महावाणिज्यदूत बनाउने गरी परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको छ ।

खनालसहित गृहका झक्क प्रसाद आचार्यलाई महावाणिज्यदूत बनाउन परराष्ट्र मन्त्रालयमा सरुवा गरिएको हो ।

आचार्य गृहको कर्मचारी प्रशासन महाशाखामा कार्यरत छन् । अन्यत्र कार्यरत सहसचिवहरु गृहमा भित्रिएका छन् ।

राष्ट्रपति कार्यालयका कष्ण प्रसाद लम्साल, रक्षाका लीला प्रसाद शर्मा, निर्वाचन आयोगका रमेश ढकाल, गण्डकी प्रदेशक ऋषिराम तिवारी, अर्थ मन्त्रालयका डा.टोकराज पाण्डेलाई गृह मन्त्रालयमा सरुवा भएको छ ।

सरुवामा तीन जिल्लाका सिडिओ हटाएपछि गृहले ती जिल्लामा नयाँ सिडिओ पठाउनुका साथै केही जिल्लामा हेरफेरको समेत तयारी गरेको छ ।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्