एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्छु- देउवा


 


दाङ , माघ १३

नेपाली कांग्रेसका सभापति शेरबादुर देउवाले अबको एक हप्ता भित्रै पार्टी पदाधिकारी चयन गर्ने बताएका छन ।  नेपाल प्रेस युनियनले दाङको तुलसीपुरमा बिहीबार बिहान गरको पत्रकार सम्मेलनमा देउवाले एक हप्ता भित्रै पार्टी पदाधिकारी र विभाग गठन गरिसक्ने बताए ।

पार्टीमा सबैलाई मिलाएर पदाधिकारी र विभाग गठन गर्ने सभावति देउवाको भनाई छ ।  आउँदो वर्षको माघसम्ममा तीन तहको चुनाव गरिसक्नु पर्ने भएकाले सहमतिको प्रयास भइरहेको देउवाले बताए । केही दिनभित्रै दलहरुबिच सहमति भएर चुनावको वातावरण बन्नेमा आफू आशावादी रहेको देउवाले बताए ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्