आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, साउन ३२ । मौसम पूर्वानुमान महाशाखालका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ ।

सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै आज राति देशभर साधारणतया बदली रहने भन्दै महाशाखाले कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: ३२ श्रावण २०८१, शुक्रबार

प्रतिक्रिया दिनुहोस्