ट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि प्रहरी र प्रदर्शनकारीबीच ढुंगा हानाहान


 


भक्तपुर । गठ्ठाघरमा ट्रकले स्कुटर चालकलाई ठक्कर दिएपछि प्रहरी र स्थानीय बासिन्दाबीच ढुंगा हानाहान भएको छ।

ट्रकको ठक्करबाट स्कुटरमा सवार एक महिलाको मृत्यु भएपछि स्थानीयले सडक अवरुद्ध गरेका हुन्।

ट्राफिक प्रहरीले चेकिङ गरिरहेका बेला रोकिराखेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट स्कुटर केही मिटर परसम्म घिसारिएको थियो । दुर्घटनामा स्कुटरमा सवार महिलाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

घटनास्थल अहिले तनावपूर्ण बनेको छ। दुर्घटनापछि मानिसहरू भेला भएर सडक अवरोध गरेका छन्। आक्रोशित भिडले स्कुटर चालकलाई ठक्कर दिने ट्रकको सिसा तोडफोड गरेका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्