अर्को चुनावमा मिलेर लड्न कांग्रेस–एमालेलाई माओवादी सांसद झक्कुको सुझाव


 


काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद झक्कु सुवेदीले २०८४ को चुनाव मिलेर लड्न कांग्रेस–एमालेलाई सुझाव दिएका छन् ।

बिहीबार राष्ट्रियसभा बैठकमा बोल्दै सांसद सुवेदीले आगामी आम निर्वाचनमा एमाले र कांग्रेस मिलेर जान सुझाव दिएका हुन्।

उनले राजनीतिक स्थिरताकै लागि दुई ठूला दल मिलेको हो भने अर्को चुनावमा पनि मिलेर जाँदा ठीक हुने बताए।

सांसद सुवेदीले भने,‘त्यसपछि बराबर सिट बाँड्नुस् । एउटा सिट बाँकी रहन्छ, एमालेले मान्छ भने काँग्रेस एक नम्बर भएकाले काँग्रेसले उठाओस् । मान्दैन भने गाई र त्रिशुल गर्नुस् । सबै देश कब्जा गर्नुस्।’

सुवेदीले पहिलो र दोस्रो पार्टी मिलेर सरकार बनाएको भन्दै अब सत्ता कब्जा गर्ने उद्देश्यले मिलेर चुनाव लड्न सुझाव दिए ।

सांसद सुवेदीले कांग्रेसले देशलाई दुई दलीय व्यवस्था हुँदै अधिनायवादतर्फ लैजान खोजेको बताए। उनले समानुपातिक हटाउन र घटाउने नभइ पूर्ण समानुपातिकमा जान पनि आग्रह गरे।

महिला संसदमा ५० प्रतिशत हुनुपर्ने र समाजअनुसारको संसदको बनावट हुनुपर्ने बताए।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्