भारतले ६८ औं गणतन्त्र दिवस मनाउँदै


 


काठमाडौं, माघ १३

भारतले आज ६८ औं गणतन्त्र दिवस मनाउँदैछ । सन् १९५० जनवरी २६ तारिखमा भारतका प्रथम गर्भनर चक्रवर्ती राजगोपालाचारीले भारतलाई सम्प्रभू लोकतान्त्रिक गणराज्य घोषणा गरेयता भारतले यो दिन गणतन्त्र दिवस मनाउँदै आएको छ ।

राष्ट्रिय पर्वका रुपमा रहेको गणतन्त्र दिवसका अवसरमा दिल्लीको राजपथमा गणतन्त्र परेड हुँदैछ । समारोहलाई ध्यानमा राखी सुरक्षा व्यवस्था कडा पारिएको छ । राजपथ आसपासमा यातायातको आवागमनमा रोक लगाईएको छ ।

यो वर्ष गणतन्त्र दिवसको मुख्य अतिथि युएईका राजकुमार शेख मोहम्मद बिन जायद रहनेछन् । दिवसको मूल समारोहमा सुरक्षा निकायले विशिष्ट सैन्य हतियार र विमान प्रदर्शन गर्ने तयारी रहेको भारतीय सन्चारमाध्यमले जनाएका छन् ।

तिव्र रुपमा आक्रमण गर्न सक्ने हलुका स्वदेशी विमान तेजस, विरोधी विमानको संकेत हावाबाटै लिन सक्ने चेतावनी यन्त्र र राडार लगायत प्रदर्शन गरिनेछ । गणतन्त्र दिवसको परेड समारोहमा युएइका तीनवटै सुरक्षा निकायको टोली पनि सहभागी हुनेछ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्