मोदीलाई शुभकामना दिँदै प्रधानमन्त्री ओलीले भने – हाम्रा राष्ट्रहरू बीचको मित्रता बलियो होस्


 


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतको ७८ औं स्वतन्त्रता दिवसका अवसरमा शुभकामना दिएका छन् ।

नेकपा एमाले अध्यक्षसमेत रहेका ओलीले सामाजिक सञ्जाल एक्समार्फत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई शुभकामना दिएका हुन् ।

‘स्वतन्त्रता दिवसका दिनले हाम्रा राष्ट्रहरू बीचको मित्रता र सहयोगको बन्धनलाई बलियो बनाओस्। नेपाल–भारत सम्बन्धलाई अगाडि बढाउने कामना छ,’ शुभकामना सन्देशमा उनले लेखेका छन् ।

आज अगस्ट १५ मा भातमा ७८औँ स्वतन्त्रता दिवस मनाइँदै छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्