श्रीमती हत्या अभियोगमा श्रीमान् पक्राउ


 


दाङ, साउन ३१ । दाङको लमहीमा श्रीमती हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

लमही नगरपालिका–९ स्यालेका श्यामकुमार कुमाललाई ४२ वर्षीया श्रीमती ईश्वरी कुमालको हत्या गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।

बुधबार बिहान दुवै जना मादक पदार्थ सेवन गरी हात्तीखालबाट घर फर्कँदै गर्दा बाटोमा विवाद भएपछि श्यामकुमारले श्रीमतीलाई लट्ठीले संवेदनशील अंगमा प्रहार गरि कपाल समाएर बाटोमा घिसारी हत्या गरेको प्रहरीले जनाएको छ ।

हत्यापछि श्रीमतीलाई बाटोमै छोडी हिँडिरहेका कुमाललाई प्रहरीले लमही–९ जलकुण्डीबाट पक्राउ गरेको हो । कुमाललाई बुधबार नै जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अुनसन्धान गरिरहेको जिल्ला प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिए ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्