माओवादी स्थायी समिति बैठक आज पनि बस्दै


 


काठमाडौं, साउन ३१ । माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज (बिहीबार) पनि बस्दैछ ।

एक सातादेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी समिति सदस्यहरुले बैठकमा उठाएका प्रश्नको जवाफ दिने कार्यक्रम छ ।

अध्यक्षले जवाफ दिएर बैठक सक्ने भन्ने तयारी रहेको माओवादी केन्द्रका सचिव लीलामणि पोख्रेलले जानकारी दिए । उनका अनुसार अब बस्ने केन्द्रीय समिति बैठकमा लैजाने एजेन्डा मात्रै बैठकले तय गर्ने छ ।

आगामी केन्द्रीय समिति बैठकको मिति पनि आजै तय हुने सम्भावना रहेको उनले बताए ।

माओवादी स्थायी समिति बैठकमा नेताहरुले पार्टी नेतृत्वको कार्यशैली, पार्टी संरचना, नीति र विधिबारे विभिन्न प्रश्नहरु उठाएका छन्।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्