प्रधानमन्त्री रोजगार कार्यक्रमको जिम्मा अब स्थानीय तहलाई


 


काठमाडौं, साउन ३१ । सरकारले प्रधानमन्त्री रोजगार कार्यक्रमको सबै जिम्मा स्थानीय तहलाई दिइएको छ ।

उक्त कार्यक्रमको पुनर्संरचना गरी चालु आर्थिक वर्षदेखि स्थानीयकरण गरिएको हो ।

हालसम्म कार्यक्रमहरू स्थानीय निकायले कार्यान्वयन गर्ने तर मोडालिटी भने संघीय सरकारले तय गर्ने गरिएको थियो । अब सो मोडालिटी पनि स्थानीय निकायले नै तय गर्ने जिम्मा दिइएको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत प्रधानमन्त्री रोजगार कार्यक्रमका राष्ट्रिय निर्देशक दीपकराज नेपालले अबदेखि प्रधानमन्त्री रोजगार कार्यक्रम उत्पादनमूलक तालिम दिने गरी स्थानीयकरण गरिएको जानकारी दिए । गोरखापत्रमा खबर छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्