आज यी चार प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, साउन ३१ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ ।

हाल बागमती र सुदुरपश्चिम प्रदेशका थोरै स्थानहरु तथा बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।

आज दिउँसो सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएको छ ।

राति देशभर साधारणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति: ३१ श्रावण २०८१, बिहिबार

प्रतिक्रिया दिनुहोस्