जापानमा हालै गएको भूकम्प अर्को विनाशकारी भूकम्पको सङ्केत हो ?


 


टोकियो । गएको बिहीबार दक्षिणी जापानमा शक्तिशाली भुईँचालो गयो । जापानमा भूकम्प जानु नौलो कुरा होइन । ७ दशमलव १ तीव्रताको सो भूकम्पले खासै ठुलो क्षति गराएन । जापानको मौसम विभाग (जेएमए)ले सुनामी आउने चेतावनी दियो ।

गर्मीयामको घुमफिरको मध्य समय भएकोले यात्रामा केही ढिलाइ भयो । खासै ठुलो सुनामी आएन । केही समय पछि सुनामीसम्बन्धी चेतावनी हटाइयो । तर सो भूकम्पमा यस अघि कहिले नभएको नयाँ कुरा भयो ।

मौसम विभागले जापानमा महाशक्तिशाली भूकम्प आउने जोखिम बढेको चेतावनी दियो । यस कारण सारा देश सतर्क र सशङ्कित भयो । जापानी प्रधानमन्त्री फुमिओ किशिदाले मध्य एशियाको आसन्न भ्रमण नै रद्द गरे ।

एउटा ठुलो भूकम्प भन्ने शब्दले कयौँ जापानीलाई शताब्दीकै ठुलो भूकम्प भन्ने सोचे । सन् २०१३ मै सरकारी चेतावनीमै केही दशकभित्र महाविनाशकारी भूकम्प जाने र स्थिति खराबभन्दा खराब भयो भने ३० मिटरसम्मको सुनामी आउन सक्ने, ३ लाख जनासम्मको ज्यान जान सक्ने भनिएको थियो ।

यस्तो चेतावनी सुनिरहेका हर कोहीको ठुलो भूकम्प आउँदा डराउनु स्वाभाविक हो । मौसम विभागको चेतावनी सुनेर कतिपय अक्क न बक्क भएका छन् । जापानीहरूले लामो समयदेखि ‘ठुलो’ भूकम्प आउने सुनिरहेका छन् । हरेक पटक शक्तिशाली भूकम्प आएपछि धेरैले यही हो त त्यो ठुलो भनिएको भूकम्प भनेर सोच्ने गर्छन् । केही विज्ञहरूले चाँहि त्यस्तो एड्भाइजरी जारी गर्नु आवश्यक थिएन भनिरहेका छन् । त्यस्तो खालको प्रक्षेपण सटिक हुन्छ त भन्ने प्रश्न पनि उठेका छन् ।

के ले पिरोलिएका छन् जापानी अधिकारी ?

जापानमा बर्सेनि झन्डै १ हजार ५०० ओटा भूइँचालो जान्छ । जापान चार ओटा टेक्टोनिक प्लेट जोडिने ठाउँमा माथि छ । यसका कारण पनि यहाँ बारम्बार भूकम्प गइरहन्छ । यी मध्ये अधिकांशले खासै क्षति गर्दैनन् । विश्वमा जाने गरेको कुल मध्ये १० प्रतिशत ६ म्याग्निच्यूडभन्दा बढीको भूकम्प जापानमा जान्छन् । पूर्वी अमेरिका र यूरोप जस्ता विरलै भूकम्प जाने स्थानको तुलनामा जापानमो जोखिम निकै धेरै छ ।

हालैका वर्षमा जापानमा गएको सबैभन्दा खराब भूकम्प भनेको सन् २०११ को हो । उक्त वर्ष मार्च ११ मा तोहोकु क्षेत्रलाई केन्द्रबिन्दु बनाएर ९ म्याग्निच्यूडको भुईँचालो गएको थियो । भुँइचालो लगत्तै ठुलो सुनामी पनि गएको थियो । भूकम्प र सुनामीमा परेर १८ हजार भन्दा धेरैको ज्यान गएको थियो । स्थिति खराब भन्दा पनि खराब भएको स्थितिमा यत्ति नै तीव्रताको भूकम्पले पनि लाखौंको ज्यान जान सक्छ भनेर अधिकारीहरू चिन्तित छन् । सन् १७०७ मा विनाशकारी भूकम्प गएपछि फुजी हिमालमा ज्वालामुखी नै विस्फोट भयो ।

हरेक सय वर्षमा छोटो समयको अन्तरालमा जापानमा दुई पटक यस्तै महाविनाशकारी भूकम्प जाने गरेको छ । यस अघि सन् १९४४ र ०४६ मा यस्तो देखिएको थियो । आगामी ३० वर्षमा जापानमा ८ देखि ९ म्याग्निच्यूडको भूकम्प जाने सम्भावना ७० देखि ८० प्रतिशत भएको विज्ञहरू बताउँछन् । सबैभन्दा खराब अवस्थामा भूकम्पका कारण खर्वौ येन क्षति हुने र लाखौं मानिस मारिन सक्ने भनिएको छ । यस्तै खालको भूकम्पलाई ‘सबैभन्दा ठुलो एउटा’ भनेर परिभाषित गरिएको छ । नानकाईमा महाविनाशकारी भूकम्पको इतिहास निकै डरलाग्दो छ । त्यसैले पनि अधिकारीहरू पिरोलिएका होलान् ।

भूकम्पको ठ्याक्कै प्रक्षेपण गर्न सकिन्छ ?

टोकियो विश्वविद्यालयमा भूकम्प विज्ञानका प्राध्यापक इमिरेट्स रोबर्ट गलरका अनुसार ‘अहँ सकिन्न’ । गएको बिहीबार मौसम विभागले जारी गरेको चेतावनीको विज्ञानसँग केही लिनु दिनु नभएको उनले बीबीसीलाई भनेका थिए । भूकम्प ‘समूहबद्ध घटनाक्रम’ हो । अगाडि नै भूकम्प फोरशक हो कि आफ्टर शक हो भनेर भन्न सम्भव नभएको उनको तर्क छ । करिब ५ प्रतिशत भूकम्प मात्रै फोरशक अर्थात् विनाशकारी भूकम्पको पूर्व सङ्केत हुने विज्ञहरू बताउँछन् । तर सन् २०११ को विनाशकारी भूकम्प जानु अघि ७ दशमलव २ म्याग्निच्यूडको अर्को भूकम्प गएको थियो ।

तर अधिकांशले सुरुमा गएको उक्त भूकम्पलाई बिर्सिए । सोही स्तरको विपद् रोक्न भनेर सन् २०११ मा चेतावनी प्रणाली तयार पारियो । जापानको मौसम विभागले सो प्रणाली प्रयोग गरेको बिहीबार पहिलो पटक थियो । यसमा सबैलाई पूर्व तयारी गर्न भनिएको थियो । सुरक्षित आश्रय स्थलमा जाऊ भनेर कसैलाई पनि भनिएको थिएन । अर्को महाविनाशकारी भूकम्प जाने सम्भावना सामान्यतः भन्दा उच्च बनेको छ । तर यसको अर्थ अर्को महाविनाशकारी भूकम्प जान्छ भन्ने चाँहि नभएको जेएमएले भनेको छ ।

आवश्यक परेमा पूर्व तयारीका लागि किशिदाले आफ्नो विदेश भ्रमण नै रद्द गरे । पहिलो पटक यस्तो खालको एड्भाइजरी जारी भएकोले मानिसहरू चिन्तित बनेका पो छन् कि भन्ने उनको भय थियो । तर सरकारले अलि बढी नै गरेको मासायो ओशिहो भन्छिन् । सो एड्भाइजरी उपयोगी छैन भनेर गलर बताउँछन् ।

त्यसो भए किन जारी गरियो अलर्ट ?

उक्त प्रणालीबाट चेतावनी वा सानो खालको अलर्ट पठाउन सकिन्छ । बिहीबारको चाँहि चेतावनी थियो । मानिसहरूलाई सुरक्षित स्थलमा पुग्न अघिको पूर्व तयारी गर्न सुझाव दिइएको थियो । यसले काम पनि गर्‍यो । मानिसहरू एक क्षण भएपनि टक्क अडिएर के रहेछ भनेर घोत्लिए । कोची प्रिफेक्चरका नगरपालिकाले शुक्रबार बिहानसम्म ७५ ओटा आश्रय स्थल तयार पार्‍यो ।

पहिला नै खुलेका आश्रय स्थलको अवस्था चेकजाँच गर्ने काम भयो । थर्मल ऊर्जा केन्द्र इमर्जेन्टी अलर्टमा रहे । वृद्ध वृद्धा र अन्यलाई स्वैच्छिक रूपमा सुरक्षित स्थानमा जान भनियो । पश्चिम जापानको वाकायामा प्रिफेक्चरले स्थानीय नगरपालिकाहरूको सहयोगमा इभ्याकुएशन रुट तयार पार्‍यो ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्