बेचन झा ले पोलिग्राफ गराउन मानेनन्


 


काठमाडौँ । भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झा ले आफ्नो पोलिग्राफ परीक्षण गर्न अस्वीकार गरेका छन् । अनुसन्धानको क्रममा जिल्ला प्रहरी परिसर काठमाडौँका अधिकृतहरूले पोलिग्राफ गर्न खोजे पनि उनले अस्वीकार गरेका हुन्।

प्रहरी प्रधान कार्यालयको पोलिग्राफ शाखामा कार्यरत प्रहरी वरिष्ठ नायव निरीक्षक अन्जु कँडेलले बेचनले ‘पोलिग्राफ परीक्षण गर्न नमानेको’ भन्ने ब्यहोराको प्रतिवेदन काठमाडौँ प्रहरीलाई दिएकी छन् ।

दुई करोडको चेक लिनको लागी भेट्दा उनले रामशरण केसीसँग मोबाइलमा कुरा गरेका थिए । त्यसबारे स्वर परीक्षण गर्न चाहिँ उनी सहमत भएका छन् । स्वर परीक्षण गर्न अनुसन्धान अधिकृतहरूले पत्राचार गरेका छन् । बेचनले लिएको २ करोडको चेकको फोटोकपी अनुसन्धान अधिकृतहरूले मिसिलमा संलग्न गरेका छन् ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्