संसदमा आज दलका शीर्ष नेताले सम्बोधन गर्ने, टीआरसी विधेयक पारित गर्ने तयारी


 


काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीसहित सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन् ।

दिउँसो १ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सबै दलका शीर्ष नेताले सम्बोधन गर्ने भएका हुन् ।

सरकारले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट आजै पारित गर्ने भएको छ ।

बैठकमा विधेयकमाथि छलफल सकेर आजै पारित गर्नका लागि निर्णयार्थ पेश गरिने बताइएको छ ।

बैठकको सुरुमै प्रधानमन्त्री केपी शर्मा ओलीले विधेयकमा केन्द्रित भएर सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्