गुडिरहेको मोटरसाइकलमा रुखको हाँगो खस्यो, एक युवतीको मृत्यु


 


बारा, साउन ३० । बारामा सडकमा गुडिरहेको मोटरसाइकलमा रुखको हाँगो खस्दा एक युवतीको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

मंगलबार निजगढ नगरपालिका–१० स्थित लालगाउँबाट रतनपुर जाँदै गरेको प्र२–०२–०१७ प ९६३५ नम्बरको मोटरसाइकलमाथि निजगढ नगरपालिका– ११ स्थित भित्री सडकमा रुखको हाँगो खस्दा तीन जना घाइते भएका थिए ।

दुर्घटनामा निजगढ नगरपालिका– ११ निवासी सुमन बम्जनकी पन्ती २२ वर्षीया अस्मिता मोक्तानको घटनास्थलमै मृत्यु भएका बजारिँदा घटना भएको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए।

उनका अनुसार मोटरसाइकलमा सवार निजगढ नगरपालिका– ११ कै १८ वर्षीय सन्देश बम्जन र निजगढ १३ निवासी २२ वर्षीया बिनिता ब्लोन घाइते भएका छन् ।

‘सन्देशको सामुदायिक प्रसुति गृह अस्पताल निजगढ र बिनिताको मुहमदीन मेडिकल निजगढमा उपचार भइरहेको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्