पहिरोले पृथ्वी राजमार्ग अवरुद्ध, दुई ठाउँमा पहिरो


 


काठमाडौं, साउन ३० । चितवनको इच्छाकामना गाउँपालिका–३ स्थित पृथ्वी राजमार्गको मौवाखोला र चुम्लिङटारमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।

आज बिहान मौवाखोलामा पहिरोको कारण एकतर्फी सडक अवरुद्ध भएको छ भने चुम्लिङटारमा दुईर्फी नै बाटो अवरुद्ध भएको चितवन प्रहरीले जानकारी दिएको छ ।

पहिरोका कारण काठमाडौँ जाने आउने गाडीहरू ठप्प हुँदा यात्रुहरुलाई सास्ती भइरहेको छ ।

सडक अवरुद्ध भएपछि काठमाडौं, पोखरा तथा नारायणगढ जाने सवारी साधनको लाइन लाग्न थालेको प्रहरीले जनाएको छ ।

यो सडक राजधानी काठमाडौंलाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य मार्ग हो । अहिले पहिरो हटाउने काम भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

प्रतिक्रिया दिनुहोस्