आज सहिद माथेमालाई श्रद्धान्जलि दिईदै


 


काठमाडौँ, माघ १३
नेपालमा प्रजातन्त्र स्थापनाका लागी जीवन बलिदान दिनेहरुको सम्झनामा जारी सहिद सप्ताह अन्तरगत आज सहिद धर्मभक्त माथेमालाई श्रद्धान्जलि दिईदैछ । जहानिय राणा शासनको बिरुद्ध संघर्ष गर्ने क्रममा बि.स. १९९७ मा आजकै दिन माथेमाको झुण्ड्याएर हत्या गरिएको थियो । माथेमाले अमरत्व प्राप्त गरेको सिफलमा आज बिशेष श्रद्धान्जली कार्यक्रम हुदैछ ।

राणा शासनको बिरुद्ध भएको संघर्षमा जिवन बलिदान दिने ज्ञात अज्ञात सहिदहरुको सम्झनामा सहिद सप्ताह दिवश मनाउने गरिन्छ । यहि माघ १६ गते बिभिन्न कार्यक्रम गरी मुदलुकभर सहिद दिवश मनाउने तयारी गरिएको छ । माथेमा सहित शहिद शुक्रराज शास्त्री, ,दशरथ चन्द र गंगालाल श्रेष्ठ लाई पनि राणा शासनकै बेला हत्या गरिएको थियो ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्