बागेश्वरी अटोमोटिभ्समा टिभिएसको मनसुन एक्सचेन्ज अफर


 


धनगढी । टिभिएसका नयाँ बाइक र स्कुटरका लागि धनगढीमा मनसुन एक्सचेन्ज अफर चलिरहेको छ ।

यही साउन २७ गतेदेखि सुरू भएको एक्सचेन्ज अफर ३२ गतेसम्म चल्ने छ ।

जगदम्वा मोटर्स प्रालिको धनगढी स्थित अधिकृत बिक्रेता बागेश्वरी अटोमोटिभ्सको शो रुममा जारी यो एक्सचेन्ज अफरमा जुनसुकै ब्राण्डका पुराना बाइक र स्कुटरसँग टिभिएसका नयाँ बाइक र स्कुटर साट्न सकिनेछ ।

यो एकहप्ते अफर अवधिमा बाइक साटफेर गर्नेहरुले थप आकर्षक सुविधा समेत पाउने बागेश्वरी अटोमोटिभ्सका सन्चालक प्रेम साउँद बताए ।

उनका अनुसार ६ हजार रुपैयाँ नगद छुटका साथमा नयाँ हेलमेट, बाइक कभर र ब्याग समेत उपहार स्वरुप प्रदान गरिने छ ।

संचालक साउँदले तीन हजार ९ सय ९९ सय रुपैयाँ मासिक किस्ताबन्दी तिर्ने गरी बाइक र स्कुटर लैजान सकिने खालको सुविधा पनि दिइएको बताए ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्