राजेन्द्र पाण्डेको प्रश्न : बङ्गलादेशका नेपाली विद्यार्थीको अवस्था के छ ?


 


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता राजेन्द्र पाण्डेले बङ्गलादेशमा रहेका झन्डै चार हजार नेपाली विद्यार्थीको अवस्था के छ भनेर सांसदमार्फत सरकारलाई प्रश्न गरेका छन् । साथै उनले ती नेपाली विद्यार्थीहरूलाई नेपाल ल्याउने विषयमा सरकारको ध्यान जानुपर्ने बताए ।

मङ्गलवारको प्रतिनिधि सभा बैठकमा बोल्दै पाण्डेले भने, ‘बङ्गलादेशमा एबीबीएस पढ्ने विद्यार्थीमात्रै चार हजार छन् । उनीहरूको अवस्था त्यहाँ के छ ? उनीहरूलाई नेपाल ल्याउने विषयमा के भइरहेको छ ? परराष्ट्रमन्त्रीको ध्यान जाओस् ।’

उनले पृथ्वीराजमार्ग नजिकै रहेको त्रिशूली नदीमा पुल नै भत्कनेगरी बालुवा, गिटी उत्खनन गरेर चोरी निकासी भइरहेको पनि बताए । नदीजन्य सामाग्रीको चोरी निकासीमा संलग्न गिरोहलाई कुनैपनि सरकारले कारबाही गर्न नसकेकोमा सरकारको ध्यानाकर्षण गराए ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्