विभिन्न देशका लागि सिफारिस भएका १८ राजदूतविरुद्ध उजुरी आह्वान


 


काठमाडौं । संसदीय सुनुवाइ समितिले सरकारबाट विभिन्न मुलुकका लागि सिफारिस भएका १८ राजदूतका विषयमा उजुरी तथा सूचना आह्वान गरेको छ ।

विभिन्न १८ देशका लागि सरकारले सिफारिस गरेका राजदूतको संसदीय सुनुवाइ प्रक्रिया सुरु गर्दै सुनुवाइ समितिले उजुरी आह्वान गरेको हो ।

समितिले १० दिनको समय राखेर उजुरी आह्वान गरेको समितिका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बताए ।

परराष्ट्र मन्त्रालयले आइतबार प्रस्तावित राजदूतहरूको नाम सुनुवाइका लागि संसद् सचिवालयमा पठाएको थियो ।

सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो । सरकारले साउन १५ गते १८ देशका लागि राजदूत सिफारिस गरेको थियो।

नेकपा एमालेकी स्थायी समिति सदस्य एवं पूर्वउपसभामुख शिवमाया तुम्बाहाङ्फे , पूर्वमुख्यसचिव लोकर्दशन रेग्मीसहित सिफारिस भएका थिए ।

पूर्व उप सभामुख तुम्बाहाङ्फे दक्षिण कोरियाका लागि राजदूत सिफारिस भएकी थिइन्।

त्यस्तै भारतका लागि राजदूत सिफारिस भएका शंकर शर्माको पनि पुनः सिफारिस भएकाले सुनुवाइ हुने भएको थियो ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्