रास्वपा संसदीय दलको बैठक सुरु


 


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठक सुरु भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा सुरु भएको बैठकमा प्रतिनिधिसभामा बैठकमा पार्टीले तय गर्ने रणनीतिबारे छलफल भइरहेको छ ।

आजको बैठकमा कानुन, न्याय तथा मानवअधिकार समितिका सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।

रास्वपाले संसदीय दलको बैठकमा उक्त सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक सम्बन्धमा छलफल गर्ने प्रवक्ता मनिष झाले जानकारी दिए ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्