बेलबारीमा हात्तीको छावा मृत फेला


 


मोरङ, साउन २९ । मोरङको बेलबारीको एक जंगलमा हात्तीको छावा मृत फेला परेको छ ।

बेलबारी नगरपालिका–३, करमडाँडामा अन्दाजी तीनदेखि चार वर्षको हात्ती मृतावस्थामा भेटिएको हो ।

स्थानीयवासी अनिता थापा र रेखा थापाको निजी वनमा हात्तीको छावा मंगलबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ ।

सब–डिभिजन वन कार्यालय बेलबारी, इलाका प्रहरी कार्यालय बेलबारी र सशस्त्र प्रहरी बल बेसक्याम्प लक्षीमार्गकोे टोलीले घटनास्थल पुगेर मुचुल्का उठाएको छ । प्रहरीका अनुसार छावाको मृत्युको कारण भने खुल्न सकेको छैन ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्