पोखरामा चक्कु देखाएर सुन र पैसा लुटपाट


 


पोखरा, साउन २९ । पोखराको लेकसाइडमा चक्कु देखाएर एक महिलाको सुन र पैसा लुटिएको छ ।

बाटोमा हिँडिरहेको अवस्थामा स्कुटर र मोटरसाइकलमा आएका व्यक्तिहरूले २ तोलाको सिक्री र १२ हजार रुपैयाँ लुटपाट गरेका हुन् । प्रहरीले लुटपाटमा संलग्नहरुलाई तत्कालै पक्राउ गरेको छ ।

पोखरा १८ का ३७ वर्षीय देवन गुरुङ, १९ वर्षका रुचाल भन्ने हितमान सार्की, तनहुँको ब्यास घर भइ पोखरा ५ बस्ने १८ वर्षका अनिश भट्टलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

प्रहरीले उनीहरूको साथबाट ग ८ प ६९२४ नम्बरको स्कुटर र ग ११ प ९८२७ नम्बरको मोटरसाइकल बरामद भएको छ ।

यस्तै, सिक्री बेचेर बाँकी रहेको रकम १ लाख ३ हजार ५ सय पनि बरामद गरेको छ ।

सिक्री खरिद गर्ने पोखरा ४ गणेशटोल बस्ने विकास सुन चाँदी पसलका सञ्चालक नारायण प्रसाद बिक र एसपी मान्मा ज्वेलर्सका सञ्चालक प्रशान्त मान्मालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

उनीहरू सबैलाई चोरी तथा डाँका सम्बन्धी मुद्दामा पाँच दिनको म्याद थप गरी अनुसन्धान थालिएको कास्की प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले जानकारी दिए ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्