‘छक्का पन्जा ५’ को पहिलो गीत सार्वजनिक


 


काठमाडौं, साउन २९ । फिल्म ‘छक्का पन्जा ५’ को पहिलो गीत ‘बिहे भा’को छैन’ सार्वजनिक भएको छ ।

सविन सुवेदी र बेनिशा पौडेलको स्वर रहेको यो गीतमा दीपकराज गिरी र दीपक शर्माको शब्द, दीपक शर्माको संगीत छ ।

सुनिल क्षेत्रीले कोरियोग्राफी गरेको गीतको भिडियोमा फिल्मका मुख्य दुई कलाकार दीपकराज गिरी र वर्षा सिवाकोटीको अभिनय छ ।

दीपाश्री निरौला निर्देशित फिल्ममा दीपकराज गिरीको पटकथा, केदारप्रसाद घिमिरे र दिलीप तामाङको कथा, पटकथा र संवाद छ । फिल्म आगामी असोजको २४ गतेदेखि प्रदर्शनमा आउनेछ ।

प्रकाशित मिति: २९ श्रावण २०८१, मंगलबार

प्रतिक्रिया दिनुहोस्