बङ्गलादेशमा ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव हुँदैछ : युनुस


 


ढाका, २८ साउन । बङ्गलादेशका अन्तरिम नेता मुहम्मद युनुसले प्रधानमन्त्री शेख हसिनालाई अपदस्थ गरेपछि मुलुकले ‘विद्यार्थीको नेतृत्वमा क्रान्ति’ अनुभव गरेको बताउनुभएको छ ।

“यो क्रान्ति हो, विद्यार्थीको नेतृत्वको क्रान्ति”, नोबेल पुरस्कार विजेता युनुसले समाचार ब्रिफिङमा भन्नुभयो, “यसमा कुनै सन्देह छैन किनकि सम्पूर्ण सरकारको कामकाज ध्वस्त भएको छ ।”

हसिनालाई सत्ताबाट हटाउने आन्दोलनका विद्यार्थी नेताहरूले लोकतान्त्रिक सुधारहरूलाई अगाडि बढाउन बोलाएपछि युनुस बिहीबार युरोपबाट बङ्गलादेश फर्कनुभएको हो ।

“मैले भनेँ ‘म तपाईंलाई सम्मान गर्दछ, तपाईंको प्रशंसा गर्दछु, तपाईंहरूले जे गर्नुभयो त्यो अद्वितीय छ’”, उहाँले भन्नुभयो, “किनकि तपाईंहरूले मलाई यस्तो गर्न आदेश दिनुभएको छ, म तपाईंहरूको आदेश ग्रहण गर्दछु ।”

एक साताअघि अप्रत्याशित राजीनामा र भारत पलायनका साथ समाप्त भएको हसिनाको कठोर कार्यकालका धेरै शीर्ष सहयोगीहरूले पछि पद त्याग गरेका थिए ।

यसमा सर्वोच्च अदालतका पूर्व प्रधानन्यायाधीश र केन्द्रीय बैंकका गभर्नर पनि समावेश छन् । विद्यार्थीहरूले उनीहरूलाई पद छाड्न अल्टिमेटम दिएका थिए ।

युनुसले उनीहरूको राजीनामा कानूनी रूपमा गरिएको बताउनुभयो । “उनीहरूले यी सबैलाई सही जायज ठहराउने कानूनी बाटो खोज्नेछन् भन्ने मलाई विश्वास छ, किनकि कानूनी रूपमा सबै चरण पालना गरिएको थियो ।”

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्