आँधीका कारण मेक्सिकोमा ढल्यो पिरामिड


 


मेक्सिको सिटी । मेक्सिकोमा आँधीका कारण पिरामिड भत्किएको छ । मुसलधारे वर्षाका कारण जुलाई ३० मा इहुआट्जियो क्षेत्रमा रहेको याकाटा पिरामिड ढलेको हो ।

यो घटनापछि सो पिरामिड बनाउने मूल जातिका वंशजहरू ठुलो प्राकृतिक विपद् आउने हो कि भनेर भयवित भएका छन् । सामाजिक सञ्जालमा भाइरल भएका तस्बिरहरूमा भारी वर्षापछि पिरामिडको एकापट्टीको बाहिरी पर्खाल भत्किएको र भित्रका केही हिस्सामा पनि क्षति पुगेको देख्न सकिन्छ ।

यो पिरामिड आधुनिक पुरेपेचा जनजातिका पुर्खाले बनाएका थिए । आँधीलाई स्थानीय बासिन्दाहरूले विनाशको सङ्केत भनेका छन् । पिरामिड ढल्नु आफ्ना पुर्खाका लागि नराम्रो खबर भएको र यसले विनाशकारी घटना घट्ने इशारा गरेको उनीहरूको भनाई छ ।

प्राचीन पुरेपेचा जनजातिले आफ्नो प्रमुख देवता कुरिकवेरीलाई मानव बलि चढाउन याकाटा पिरामिड प्रयोग गर्ने गरेको इतिहासकारहरू बताउँछन् ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्