अाजको राशिफल


 


अाज मिति वि.सं. २०७३ साल माघ १३ गते बिहीबार। इश्वी सन् २०१७ जनवरी २६ तारिख। नेपाल संवत् ११३७ पोहेलागा। माघ कृष्णपक्ष। तिथि– चतुर्दशी, २९:११ बजेउप्रान्त औंसी। तपाइकाे अाजकाे राशिफल हेर्नुहाेस्

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सुखदुखमा साथ दिनेहरू प्रशस्तै फेला पर्नेछन । रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । धार्मिक काममा रुची बढ्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) काम गर्ने जोश, जाँगर र आत्मबल बढ्नेछ । दाम्पत्य जीबन सुखमय बित्नेछ । पारिवारिक दायित्व बढ्नेछ । मन प्रसन्न रहनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नसोचेको काम बन्नाले मनमा उत्साह जाग्नेछ । साथीभाईको सहयोग मिल्नेछ । मनमा डर र शंकाले दरो डेरा जमाउनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ । काम गर्ने हौसला र उत्साह बढ्नेछ । स्वास्थ्यमा सामान्य समस्या आउने देखिन्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ । स्वास्थ्यमा सुधार आउनेछ । पढाई लेखाइमा प्रगति हुनेछ । सोचेको कुरा पुग्ने हुँदा मन प्रसन्न रहनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) नसोचेको काम बन्नाले उत्साह बढ्नेछ । मेहनत गरे काममा सफलता मिल्नेछ । प्रेम प्रस्ताब आउनेछ । दुबिधा बढ्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) पुराना समस्याको समाधान हुनेछन । ठुला व्यक्तिको सहयोग र सल्लाहमा गरिएको काममा सफलता मिल्नेछ । बोल्दा विचार पुर्याउनुहोला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) परिवारमा आमा बुवाको सहयोगमा नयाँ कामको थालनी हुनेछ । घरायसी काममा रुची बढ्नेछ । साझेदारी काममा विवाद बढ्ने देखिन्छ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) काममा चुनौतिहरुको सामना गर्नुपर्नेछ । बौद्धिक काममा सफलता मिल्नेछ । शत्रुहरु पराजित हुनेछन भने राम्रो काम हात पर्नेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) रोकिएका अधुरा कामहरु सुचारु हुनेछन । रमाइलो यात्राको योग रहको छ । घरेलु काममा अल्झन आउनेछ । अधिक खर्च हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) नयाँ काममा लगानी गर्ने अवसर मिल्नेछ । सोचेको आटेको काममा सफलता मिल्नेछ । प्रयास गरे जटिल काम पनि सफल हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) रमाइलो यात्राको अवसर जुट्न सक्छ । भ्रमणका बीच मानसम्मान पनि प्राप्त हुने समय छ । पढाई लेखाइमा सन्तोषजनक प्रगति हुनेछ ।

प्रकाशित मिति: १३ माघ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्