मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु


 


काठमाडौं । भारत बिहारको जहानाबाद जिल्लामा मन्दिरमा भागदौड मच्चिँदा सात जनाको मृत्यु भएको छ ।

जिल्लाको सिद्धेश्वर नाथ मन्दिरमा सोमबार भागदौड मच्चिँदा सात जनाको मृत्यु हुनुका साथै १० जना घाइते भएको हो ।

घटना मध्यराति १२ देखि साढे १२ बजेको बीचमा भएको बीबीसीले जनाएको छ ।

भारतमा बेला बेला मन्दिर तथा धार्मिक कार्यक्रमहरुमा भागदौड मच्चिँदा मानिसहरुको ज्यान जाने गरेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्