अनामनगरको किम्ची रेष्टुरेन्टलाई दुई लाख जरिवाना


 


काठमाडौँ, साउन २८ । काठमाडौँ महानगरपालिकाले अनामनगरमा रहेको किम्ची रेष्टुरेन्ट एण्ड फास्ट फुडलाई दुई लाख जरिवाना गरिएको छ ।

गत शुक्रबार रेष्टुरेन्टको हलमा महानगरपालिकाद्वारा आयोजित ‘विवाद व्यवस्थापनमा वडा कार्यालयको भूमिका’ कार्यक्रम सञ्चालन भइरहेका बेला बोतलको पानीमा किरा भेटिएको थियो ।

तत्काल अनुगमन टोली पुगेर रेष्टुरेन्टबाट नमूना संकलन गरेको थियो ।

रेष्टुरेन्टबाट विक्री भइरहेको पानी काठमाडौँको टोखा नगरपालिका वडा नं ८ बाट उत्पादन भएको सिटी मिनरल वाटर एण्ड वेवरेज प्रा. लि. ले उत्पादन गरेको ‘इको’ व्राण्डको पानी हो ।

खाद्य स्वच्छता कायम गर्न नसक्दा महानगरपालिकाले यस अघि आफ्नै कार्यालयमा सञ्चालन भएको क्यान्टिनलाई दुई पटक जरिवाना तिराएको थियो ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्