सुदूरपश्चिमको मुख्य न्यायाधिवक्तामा जोशी नियुक्त


 


धनगढी, साउन २८ । सुदूरपश्चिम प्रदेशको मुख्य न्यायाधिवक्तामा ठेकन्द्रराज जोशी नियुक्त भएका छन् ।

मुख्यमन्त्री कमलबहादुर शाहको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले जोशीलाई मुख्य न्यायाधिवक्ता नियुक्त गरेका हुन् ।

‘प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६० को उपधारा (२) बमोजिम धनगढी उपमहानगरपालिका २ कैलालीका ठेकन्द्रराज जोशीलाई सुदूरपश्चिम प्रदेश सरकारको मुख्य न्यायाधिवक्तामा नियुक्त गर्नुभएको छ,’ प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता भट्टद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

कानुन व्यवसायी जोशी यसअघिको मुख्यमन्त्री शाहकै नेतृत्वको सरकारको समयमा पनि मुख्य न्यायाधिवक्ता रहेका थिए ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्