आज अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै


 


काठमाडौँ, साउन २८ । आज अन्तर्राष्ट्रिय युवा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

नेपालमा दुई दशकदेखि अन्तर्रािष्ट्रिय युवा दिवस मनाउन सुरु गरिएको हो ।

सरकारले ल्याएका युवा लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन गराउन दवाव दिने यस दिवसको उद्देश्य हो ।

युवा लक्षित कार्यक्रम प्रभावकारी नहुँदा युवाका मुद्दा अपेक्षाकृतरुपमा सम्बोधन हुन नसकेको युवाहरुको गुनासो छ ।

स्वदेशमा रोजगारी र उद्यमशीलताको अवसर नहुँदा वार्षिक सात लाखभन्दा बढी युवा रोजगारीका लागि विदेशमा जाने गरेको विभिन्न सरकारी तथ्याङ्क रहेको छ ।

सरकारले युवा लक्षित ल्याइएका कार्यक्रम प्रभावकारी कार्यान्वयन नहुँदा रोजगार र उद्यमशीलतामा समस्यामा परेको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्