ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु


 


वालिङ, साउन २८ । स्याङ्जाको चापाकोटमा ट्याक्टर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

बारीकुनाबाट माटो लिई चापाकोट बजारतर्फ जाँदै गरेको लु ४ त २२१ नम्बरको ट्याक्टर चापाकोट नगरपालिका–१० को बायोडाँडामा अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा परी रामपुर नगरपालिका–४ घर भई चापाकोट नगरपालिका–१० बोटेटारमा बस्ने २८ वर्षीय महेन्द्र दमाईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी निरीक्षक उमेशलाल श्रेष्ठले जानकारी दिए ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दमाईको चापाकोट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरीले घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २८ श्रावण २०८१, सोमबार

प्रतिक्रिया दिनुहोस्