भारतका प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा


 


काठमाडौं, २७ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनु भएको छ ।

शिष्टाचार भेटका लागि नेपाल भ्रमणमा आउनु भएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीमार्फत प्रधानमन्त्री ओलीले समकक्षी मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिनुभएको हो ।

प्रधानमन्त्री ओलीसमक्ष नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आइतबार सिंहदरबारमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुई पक्षीय र मित्रवत सम्बन्धलाई अझै सुदृढ बनाउने बारेमा छलफल भएको जानकारी प्रधानमन्त्रीको निजी सचिवालयले दिएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायत सहभागी हुनुहुन्थ्यो ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्