प्राप्त उपलब्धिको रक्षा गर्नुपर्छ : सञ्चारमन्त्री गुरुङ


 


काठमाडौँ, १७ साउन । सञ्चार तथा सूचना, प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले देशमा प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको छ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आइतबार काठमाडौँमा आयोजना गरेको २७ औं रजत वर्ष समारोहमा सम्बोधन गर्नुहुँदै उहाँले लामो संघर्षबाट प्राप्त उपलब्धिको रक्षा गर्नुपर्ने बताउनुभएको हो।

मन्त्री गुरुङले भन्नुभयो, “आदिवासी जनजाति, पिछडिएको वर्गका लागि विशेष प्रबन्धको प्रयोग गरिदिएको होइन रु ती आदिवासी कहाँ आए रु यो उपलब्धिमा उभिएर प्राप्त भएको उपलब्धिको रक्षा गर्नुपर्‍यो। यो संविधान ठूलो उपलब्धि हो।”

उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान भनेको ठूलो उपलब्धि भएको बताउनुभयो। सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अबको एक वर्षभित्र सबै सरकारी मिडियामा नयाँ नीति ल्याइने बताउनुभयो।

उहाँले भन्नुभयो, “यो एक वर्षभित्र सबैमा नयाँ नीति बनाइन्छ। संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संरचना अनुरुपको नीति बनाइन्छ। सूचना प्रविधिमा भएको विकासले मान्छेको सभ्यता, विकास धेरै अगाडि बढिसक्यो।” यसका लागि नयाँ नीति, ऐन बनाउने प्रक्रिया सुरु भइसकेको उहाँको भनाइ छ।

मन्त्री गुरुङले अबको तीनदेखि चार वर्षभित्र पूर्णरुपमा लागू हुने गरी डिजिटल नेपालको काम पनि अघि बढेको बताउनुभयो।

प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले शुभकामना मन्तव्य दिनुहुँदै समाजिक तथा राजनीतिक आन्दोलनमा महासंघले सहयोगी भूमिका खेलेको बताउनुभयो। उहाँले परिपक्व पत्रकारिता हराउँदै गएको भन्नुहुँदै फोनिजमा पनि वास्तविक पत्रकारको सङ्ख्या वृद्धि हुनुपर्ने बताउनुभयो।

फोनिजका अध्यक्ष गजुरधन राईले समावेशी मिडियाको मुद्धामा फोनिज सधै एकजुट हुने प्रतिबद्धता जनाउनुभयो ।

फोनिजको रजत वर्ष समारोहका अवसरमा फोनिज राष्ट्रिय पत्रकारिता समान २०८१ बाट नेपाल टेलिभिजनका समाचार प्रमुख पुष्पहरि क्याम्पा राई सम्मनित हुनुभएको छ। फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता पुरस्कारबाट सन्तोष दहित पुरस्कृत हुनुभयो।

यसैगरी, गोरखा रेडियोका फिमा गुरुङ, प्रभात दैनिकका विष्णु तामाङ, इलाम पोष्टका सटेन्द्र जबेगु पुरस्कृत हुनुभयो।

कार्यक्रममा नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष ग्याल्जे लामा शेर्पा, नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेल, आदिवासी जनजाति आयोगका अध्यक्ष राम बहादुर थापा लगायतले मन्तव्य राख्नुभयो।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्