कांग्रेस नेता केसीले भने – जनताको आवाजलाई लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन
काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले भ्रष्टाचार र दण्डहिनताका कारण देशब्यापी निरासा छाएको बताएका छन्।
आइतबारको कांग्रेस केन्द्रीय समितिको बैठकमा बोल्दै नेता केसीले यस्तो बताएका हुन् ।
उनले जनता तथा कार्यकर्ताका आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्न नहुने बताए।
नेता केसीले भने,‘जनभावना र कार्यकर्ताहरूको आवाजलाई झुलबाहिर लामखुट्टे कराएकोजस्तो ठान्नु हुँदैन । सुनुवाइ संयन्त्रको विकास जरूरी छ। अन्यथा त्यसबाट उब्जिने प्रतिक्रिया घातक हुन सक्छ।’
उनले देशब्यापी निरासा र जनआक्रोशको प्रमुख कारण– भ्रष्टाचार, दण्डहिनता, कुशासन र आर्थिक अपराध भएको बताए।
नेता केसीले शासकीय खराबीलाई समाप्त गर्न नसके तिनैले कांग्रेसलाई सिध्याउन सक्ने तथा जनताको पदचाप र वरपरका घटनाबाट समयमै शिक्षा लिनुपर्ने पनि बताए।
उनले दक्षिण एशियामा द्वन्द्वको खतरा र संकटजन्य अवस्था मडारिरहेको पनि बताए।
प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार