संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिऔँ: उपप्रधानमन्त्री सिंह


 


काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहले संविधानबाट प्राप्त अधिकारको कार्यान्वयनमा जोड दिनुपर्ने बताएका छन् ।

ललितपुरमा आज राष्ट्रिय युवा परिषद्द्वारा आयोजित एक कार्यक्रममा बोल्दै उनले २०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक र समावेशी संविधान जारी भइसकेपछि प्राप्त गरेका अधिकारहरूलाई सुरक्षित राख्दै र परिमार्जित गर्दै कार्यान्वयन पक्षमा जोड दिनुपर्ने बताए ।

उनले अहिले भएका अधिकार कसरी कार्यान्वयन गर्ने ? बढी भन्दा बढी देशका लागि फाइदा कसरी गराउने भन्नेतिर लाग्नुपर्ने बताए । प्राप्त अधिकारलाई उपयोग गर्नेतर्फ लाग्नुपर्नेमा उनको जोड थियो ।

उपप्रधानमन्त्री सिंहले देशमा बेरोजगारीको समस्या जटिल बनेको बताए । अधिकारको कुरा मात्रै गर्ने तर जिम्मेवारी र दायित्व बिर्सिने प्रवृद्धि ठिक नभएको उनको भनाइ छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्