च्याउखेतीबाट वार्षिक १० लाख कमाउँछिन् सावित्री
पर्वत, साउन २७ । जलजला गाउँपालिका–८ फर्सेकी सावित्री खत्री व्यावसायिक च्याउखेतीबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।
विगत १० वर्षदेखि व्यावसायिक कृषिमा सक्रिय खत्रीले च्याउखेतीबाट बर्सेनि १० लाखभन्दा बढी आम्दानी गर्छिन् ।
तीनवटा गुम्बज टनेलमा उत्पादित कन्ये र गोब्रे च्याउ बागलुङ, म्याग्दी र कुश्माबजारमा खपत हुने गरेको उनी बताउँछिन् ।
‘च्याउखेतीबाट भएको आम्दानीले उत्साहित छु, बजारको समस्या छैन,’ उनले भनिन्। गोब्रे च्याउ प्रतिकेजी पाँच सय र कन्ये प्रतिकिलो दुई सय रूपैयाँमा बिक्री हुँदै आएको उनी बताउँछिन् ।
उनले सात रोपनी जमिनमा मौसमअनुसार काँक्रो, घिरौला, बोडी, सिमी, करेला, भेण्टा, खुर्सानी, धनिया पनि उत्पादन गर्दै आएकी छन् ।
‘हाइटेक टनेलमा बाह्रै महिना च्याउखेती गर्ने लक्ष्य छ, च्याउखेतीका लागि गाउँका किसानलाई सहायोग गर्ने गरेकी छु,’ खत्रीले भनिन्। श्रीमानको सहयोगमा उत्पादित सागसब्जी बजार पु¥याउने गरेको उनले सुनाइन् ।
जलजलामा व्यावसायिक रूपमा लाग्ने किसानको आर्कषण बढेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत फणिन्द्रप्रसाद आचार्यले बताए ।
‘गाउँपालिकाले पनि प्रोत्साहन गरिरहेको छ, च्याउखेतीमा अनुदान बढाउँछौँ,’ उनले भने ।
प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार