भरूवा बन्दुकसहित दुई जना पक्राउ


 


दाङ, साउन २६ । दाङको तुलसीपुरबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् ।

तुलसीपुर उपमहानगरपालिका–४ सुनवलपुरका ३६ वर्षीय टंककुमार सिजाली र २९ वर्षीय युवराज गिरीलाई प्रहरीले पक्राउ परेका हुन् ,

शनिबार राति झन्डै १२ बजेतिर प्रहरीले तुलसीपुर–४ ठूलाखाली क्षेत्रमा गस्‍ती गर्ने क्रममा स्थानीय गादीबरा सामुदायिक वनबाट उनीहरुलाई पक्राउ परेको हो ।

शंकाष्पद अवस्थामा फेला परेका उनीहरुको खानतलासी गर्ने क्रममा एक थान भरुवा बन्दुक र त्यसमा लाग्ने २१ वटा छर्रा बरामद भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक प्रकाश थापाले बताए।

प्रहरीले उनीहरुलाई इप्रका तुलसीपुरको हिरासतमा राखेर अनुसन्धान गरिरेहेको जनाएको छ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्