इजरायलले गाजाको स्कुलमा आक्रमण गर्दा ९३ जनाको मृत्यु


 


एजेन्सी । गाजाको एक विद्यालयमा इजरायलले आक्रमण गर्दा कम्तिमा ९३ जनाको मृत्यु भएको छ ।

युद्धका कारण विस्थापित भएकाहरुले आश्रय लिइरहेका उनीमाथि आक्रमण भएको बीबीसीले जनाएको छ ।

संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले महिला र बालबालिकासहित ९३ जनाको मृत्यु भएको उल्लेख गरेको छ । आक्रमणबाट कैयौं घाइते भएका छन् ।

इजरायलले एक हप्तायता स्कुलहरुमा रहेका शरणार्थी शिविरहरुमा आक्रमण गर्दै आएको जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्