गायक प्रकाश तिमिल्सिनाको निधन


 


काठमाडौं, साउन २७ । गायक प्रकाश तिमिल्सिनाको निधन भएको छ ।

शनिवार साँझ भैँसेपाटीस्थित डेरामा अचेत अवस्थामा फेला परेका उनको उपचारको क्रममा पाटन अस्पतालमा निधन भएको हो ।

उनको शव आइतबार बिहान सङ्गीत तथा नाट्य प्रज्ञाप्रतिष्ठान नक्साल भगवती बहालमा अन्तिम श्रद्धाञ्जलीका लागि राखिने र त्यसपछि अन्तिम संस्कारका लागि पशुपति आर्यघाटमा लगिनेछ ।

गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाएका उनको ‘प्रिय तिम्रो सिउँदोमा सिन्दुर भर्न देऊ’, ‘नमान लाज यसरी’, ‘नआए नि हुन्थ्यो’ लगायतका गीत चर्चित छन् ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्