भोजपुरको साल्पासिलिछोमा बाढीले सडक बगेपछि समस्या


 


भोजपुर, साउन २७ । भोजपुरको साल्पासिलिछो गाउँपालिकास्थित इर्खुवा खोलामा आएको बाढीले सडक बगाउँदा आवागमन कष्टकर भएको छ ।

यही साउन १६ गतेको बढीले गोथेबजारबाट नागदह हुँदै दोभाने, ओसेप्ला, खाम्दाक खण्डको २० किलोमिटर सडक विभिन्न स्थानमा बगाउँदा आवागमन कष्टकर भएको हो ।

बाढीबाट पुललगायत अन्य संरचनामा पनि क्षति भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अनिश काफ्लेले जानकारी दिए । बाढीले सडक बगाउँदा खाद्यान्न ढुवानीमा समस्या भएको उनले बताए ।

गाउँपालिकाको केन्द्र चौकीडाँडासँगै भोजपुर सदरमुकाम तथा अन्य जिल्ला आवतजावत गर्ने तीनवटै सडकका सबै नाका बन्द भएका गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।

गाउँपालिकाको बजेटले भत्केको सडक मर्मत सम्भार तथा बगेको स्थानमा नयाँ बनाउन नसकिने उनले बताए ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्