फुटबलमा ब्राजिललाई पराजित गर्दै अमेरिकाले राख्यो ‘रेकर्ड’


 


काठमाठौं । पेरिस ओलम्पिक महिला फुटबलको फाइनलमा अमेरिकाले ब्राजिललाई १–० गोलअन्तरले हराउँदै स्वर्णपदक जितेको छ ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा म्यालोरी स्वानसनले ५७औँ मिनेटमा गोल गरिन् । उनकै गोल नै अमेरिकाको जितमा निर्णायक साबित भयो ।

अमेरिकी महिला फुटबल टिम अब ओलम्पिकमा सर्वाधिक पाँचपटक स्वर्णपदक जित्ने पहिलो टिम बनेको छ ।

अमेरिकाले यसअघि सन् १९९६, २००४, २००८ र २०१२ स्वर्ण जितेको थियो । ब्राजिलले भने यसपटक रजत पटकमा चित्त बुझायो ।

सेमिफाइनलमा ब्राजिलले स्पेनलाई ४–२ ले हराउँदै फाइनलमा स्थान बनाएको थियो । अमेरिकाले जर्मनीलाई १–० ले पाखा लगाएको थियो । महिला फुटबलको कास्य पदक जर्मनीले जितेको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्