जसपा नेपालको केन्द्रीय समिति बैठक आजदेखि, यस्ता छन् एजेण्डा


 


काठमाडौं, साउन २७ । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय समितिको बैठक आइतबारदेखि सुरू हुँदैछ ।

बैठक ललितपुरको सानागाउँस्थित थसी ब्यांक्वेटमा मध्याह्न १२ बजेदेखि बैठक सुरू हुनेछ ।

चार दिनसम्म चल्ने उक्त बैठकको पहिलो दिन केन्द्रीय सदस्यहरूको शपथग्रहणका साथै बैठकका कार्यसूचीहरू प्रस्तुत गरिनेछ ।

साथै पार्टीको राजनीतिक एवम् संगठनात्मक कार्यक्रम, कार्ययोजना तथा समसामयिक राजनीतिक प्रस्तावहरू प्रस्तुत हुनेछ ।

बैठकको दोस्रो र तेस्रो दिन वर्तमान भू–राजनीतिक परिस्थिति र नेपालको परराष्ट्र नीति तथा सम्बन्ध, नेपालको वर्तमान राष्ट्रिय राजनीति सन्दर्भमा हाम्रो पार्टीको भूमिका, नेपालको सन्दर्भमा पहिचान र राष्ट्रिय÷जातीय मूक्तिको सवाल, नेपालको सन्दर्भमा समाजवादसम्बन्धी अवधारणालगायतका शीर्षकमा छलफल हुने केन्द्रीय समिति सदस्यहरूलाई अभिमुखीकरण तथा प्रशिक्षण दिइने छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्