आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना


 


काठमाडौं, साउन २७ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।

अहिले बागमती र गण्डकी प्रदेशमा साधरणतया देखि पूर्णतया बदली रही बाँकी भूभागमा आंशिक देखि साधरणतया बदली रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा मधेश प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यस्तै, कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको छ ।

आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा कोशी र बागमती प्रदेशका थोरै स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी, मधेश, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा ठूलो वर्षाको सम्भावना रहेको पूर्वानुमान महाशाखाले जनाएको छ ।

प्रकाशित मिति: २७ श्रावण २०८१, आइतबार

प्रतिक्रिया दिनुहोस्