अनुराधा कोइरालालाई अन्तर्राष्ट्रिय पुरस्कार


 


काठमाडाैं, माघ १२

माइती नेपालकी संस्थापक अनुराधा कोइरालालाई भारत सरकारले पद्मश्री सम्मान प्रदान गरेको छ । काठमाडौंस्थित भारतीय दुतावासले आफ्नो ट्वीटर मार्फत कोइरालालाई बधाई दिएको छ ।

पद्मश्री भारत सरकारले आफ्नो मुलुकका र बाहिरका विभिन्न क्षेत्रमा योगदान पुर्याउनेहरुलाई प्रदान गर्ने सम्मान हो ।दूतावासका अनुसार उदाहरणीय सामाजिक कार्य गरेबापत २०१७ को पद्मश्री पाउने अनुराधा एक्ली विदेश हुन् ।

कोइरालाले लामो समयदेखि माइती नेपालमार्फत नेपालबाट भारत बेचिएका महिला र बालबालिकाहरुको उद्दार र संरक्षणमा काम गर्दै आएकी छिन् । यसअघि उनी बि.सं. २०६८ सालमा सीएनएन हिरो घोषित भएकी थिइन् ।

प्रकाशित मिति: १२ माघ २०७३, बुधबार

प्रतिक्रिया दिनुहोस्