बङ्गलादेशका प्रधानन्यायाधीश हसनद्वारा राजीनामा


 


काठमाडौँ, २६ साउन । बङ्गलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले राजीनामा दिनुभएको छ ।

अन्तरिम सरकारका कानुनमन्त्री प्राध्यापक आसिफ नजरुलले प्रधानन्यायाधीश हसनले राजीनामा दिनुभएको पुष्टि गर्नुभएको छ । सल्लाहकार नजरुलले राजीनामा राष्ट्रपति कार्यालयमा पठाइएको बताउनुभयो ।

शनिबार बिहान १० बजेतिर प्रदर्शनकारीको एक समूहले बङ्गलादेशको सर्वोच्च अदालतबाहिर प्रधानन्यायाधीश र सात जना न्यायाधीशको राजीनामा माग गर्दै प्रदर्शन गरेका थिए । कानुनमन्त्री नजरुलले अरू न्यायाधीशको भने राजीनामा नआएको बताउनुभयो ।

प्रकाशित मिति: २६ श्रावण २०८१, शनिबार

प्रतिक्रिया दिनुहोस्